मकवानपुरका ६ पत्रकार प्रेस संगठनको केन्द्रमा
मंसिर, हेटौँडा – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट पत्रकारहरुको संस्था प्रेस संगठन नेपालको केन्द्रिय समितिमा मकवानपुरका ६ जना पत्रकार पर्न सफल भएका छन् । तत्कालिन नेकपा एमाले र नेकपा माओवादी एकिकरण भए संगै उनीहरु निकट पत्रकार सम्बद्ध संस्था पनि एकिकरण भएको थियो ।
एकिकरणको लामो समयपछि प्रेस संगठनले आफ्नो केन्द्रीय कार्यसमितिको नाम घोषणा गर्ने क्रममा मकवानपुरबाट ६ जना पत्रकार पर्न सफल भएका हुन् । केन्द्रीय समितिमा मकवानपुरबाट तत्कालिन चौतारीका रामकुमार एलन, राजन दाहाल, शान्तराम विडारी, शिवकुमार काशी र तत्कालिन प्रेस सेन्टरबाट सुनिल खड्का, नानीमैया विष्ट परेका हुन् ।
प्रेस संगठनले सुनिल खड्कालाई ३ नम्बर प्रदेशको सहसंयोजकको जिम्मेवारी पनि दिएको छ भने रामकुमार एलनलाई प्रतिष्ठानको ईन्चार्जको जिम्मेवार दिईएको छ ।
जिल्ला विभाजन गर्दा जिल्ला संयोजकमा मकवानपुर तत्कालिन प्रेस चौतारीलाई परेको छ । प्रेस संगठन नेपालको २ सय ३५ सदस्यीय केन्द्रीय समितिमा प्रेस चौतारीबाट १ सय २४ र प्रेस सेन्टरबाट ८२ सदस्य रहेका छन् ।






