पूर्वराजा वीरेन्द्र चढ्ने हवाईजहाज र हेलिकोप्टर संग्रहालयमा राखिने

तामसालिङ खबर
१६ मंसिर २०७६, सोमबार १०:५८

मंसिर १६, काठमाडौं – राजा वीरेन्द्र र राजपरिवारले प्रयोेग गर्दै आएका एक हवाईजहाज र एक हेलिकोप्टर नारायणहिटी दरबार संग्रहालयमा राखिने भएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्ष नजिक ह्यांगरमा राखिएका ती जहाज र हेलिकोप्टर संग्राहलयमा राख्न सरकारले तयारी थालेको बताइएको छ । यसका लागि संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालय र नारायणहिटी दरबार संग्रहालयले अध्ययन गरिरहेका छन् ।

यसै सिलसिलामा केही दिनअघि मन्त्रालयका उच्च अधिकारी र संग्रहालयका कर्मचारी विमानस्थल पुगेका थिए । याे खबर नेपाल समाचारपत्र दैनिकमा छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*