मकवानपुरका सिडिओ जोशी संगै ५ जिल्लाका सिडिओ सरुवा
मंसिर १८, हेटौडा – मकवानपुरका प्रमुख जिल्ला अधिकारी प्रेमराज जोशी संगै अन्य ५ जिल्लाको सिडिओे सरुवा गरेको छ ।
सिडिओे जोशी भरतपुर महानगरपालिकाको प्रमुख प्रशासकीयको रुपमा सरुवा भएका हुन् । जोशी सरुवा भएसँगै मकवानपुरमा भक्तपुरका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्ट आउने भएका छन् ।
मंगलबार मन्त्रीस्तरीय निर्णयबाट छ जिल्लाको प्रमुख जिल्ला अधिकारी (सिडिओ) हेरफेर गरेको हो । गृहमन्त्रालयका अनुसार लमजुङका सिडिओ डा. डिजन भट्टराई अध्यागमन विभागमा र अध्यागमन विभागका लक्ष्मणबहादुर खड्का लमजुङका सिडिओ भएका छन् । गृह मन्त्रालयककी सहसचिव हुमकला पाण्डे भक्तपुरको सिडिओमा सरुवा भएकी छन् ।
पर्साका सिडिओ नारायणप्रसाद भट्टराई चितवन र चितवनका सिडिओ जितेन्द्र बस्नेत पर्सा सरुवा भएको जानकारी दिइएको छ ।







