चितवनको चेपाङ मार्गमा अटो दुर्घटना हुँदा पाँचको मृत्यु
मंसिर २१, चितवन – राप्ती नगरपालिका ५ मा भण्डारा चेपाङ मार्गमा अटो दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ भएको छ । दुर्घटनामा अटोमा सवार ५ जना यात्रुको मृत्यु भएको छ भने १ जना गम्भीर घाइते रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
राप्ती नगरपालिका ५ स्थित चेपाङ मार्गमा ना १ ह ६४०९ नम्बरको अटो अनियन्त्रित भएर दुर्घटना भएको हो । प्रहरीका अनुसार अटोमा सवार ६ जना मध्ये पाँच जनाको मृत्यु भएको हो । दुर्घटनामा परी घाइतेको उपचारको क्रममा मृत्यु भएको हो ।
मृतक मध्ये एकको मात्रै पहिचान खुलेको छ। पर्वतको कुस्मा नगरपालिका पिपलटारीका ३५ वर्षीय श्यामप्रसाद तिवारीको मात्रै पहिचान खुलेको हो । अन्यको भने पहिचान खुल्न नसकेको कोइरालाले बताए ।
उपचारको क्रममा पुरानो मेडिकल कलेजमा अन्दाजी ३५ वर्षका एक जना र २५-३० वर्षकी महिलाको पुरानो मेडिकल कलेजमा मृत्यु भएको हो। त्यस्तै भरतपुर अस्पतालमा अन्दाजी ३५-४० दुई जनाको उपचारको क्रममा मृत्यु भएको हो।






