‘नास्ट प्रविधि पुरस्कार’बाट विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई प्रदान
मंसिर २२, काठमाण्डौ – ‘नास्ट प्रविधि पुरस्कार’बाट नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पुरस्कृत गरिएको छ ।
विद्युत् आपूर्ति तथा मागको वैज्ञानिक तथा प्राविधिक व्यवस्थापन गरी देशलाई विद्युतभार कटौतीमुक्त बनाउन योगदान पु¥याए बापत नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) ले उनलाई ‘नास्ट प्रविधि पुरस्कार’को राशी रु एक लाख र सम्मान पत्र सहित पुरस्कृत गरिएको हो ।
शिक्षा तथा विज्ञान प्रविधिमन्त्री एवं नास्टका सह-कुलपति गिरिराजमणि पोखरेलले नास्टको ३७ औँ वार्षिकोत्सवको अवसरमा आइतबार ललितपुरमा आयोजित कार्यक्रममा घिसिङलाई पुरस्कार प्रदान गरिएको छ ।
नास्टले हरेक वर्ष विज्ञान तथा प्रविधिका विभिन्न क्षेत्रमा उल्लेखनीय योगदान पु¥याएका वैज्ञानिक प्राविधिको प्रोत्साहन तथा सम्मान गर्दै आएको छ ।
नास्टका प्राज्ञ प्राध्यापक डाक्टर जनार्दन लामिछानको पुरस्कार मूल्याङ्कन एवं छनोट समितिले कार्यकारी निर्देशक घिसिङलाई ‘नास्ट प्रविधि पुरस्कार’ प्रदान गर्न सिफारिस गरेको हो ।
कार्यक्रममा मन्त्री पोखरेलले पुरस्कृत व्यक्तिको जिम्मेवारी थपिएको उल्लेख गर्दै जनताको अपेक्षालाई पूरा गर्ने गरी क्रियाशील रहन आग्रह गरे ।






