युवाहरुको सक्रियतामा मनहरी ५ र ९ नम्बर वडा जोड्ने अस्थायी पुल निर्माण

तामसालिङ खबर
२३ मंसिर २०७६, सोमबार १०:२७

मंसिर २३, हेटौडा (मनहरी) – मनहरी गाउपालिकाको वडा नम्बर ५ र वडा नम्बर ९ जोड्ने राप्ती खोलामा अस्थायी पुल निर्माण गरिएको छ । मनहरी गाउपालिकाको वडा नम्बर ५ का सूर्यकिरण युवा क्लबको सक्रियतामा निर्माण गरिएको सो पुल आज उदघाटन गरिएको छ ।

करिब ५ लाख रुपैयामा निर्माण गरिएको पुल क्लबको अध्यक्ष बीरबहादुर मिजार र स्थायी पुल निर्माण समितिको अध्यक्ष चन्द्रबहादुर दर्लामीले संयुक्त उदघाटन गरिएको छ ।

पुल उदघाटन पछि ५ नम्बर वडाको बसन्तपुर, दिल्लिपुर, चिसापानी, रातोमाटे, दमार लगायतको स्थानीय बासिन्दालाई सहज भएको पुल निर्माण समितिको अध्यक्ष दर्लामीले बताए ।

रजैया सम्मको लामो बाटो छोट्यौदै मनरी ९ जैसिङबाट छोटो मार्गको रुपमा शुरुवात भएको क्लबका सचिब मिलन ढुंगानाले बताए । हेम पाइप, काठ सहितको पुलभएकोले मोटरसाइकल, अटो, लगायत साना गाडीहरु समेत आवतजावत गर्न सकिने सचिब ढुंगानाले बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*