सिन्धुपाल्चोकमा बस दुर्घटना, १२ मृत्यु १८ घाइते
मंसिर २९, सिन्धुपाल्चोक – दाेलखाकाे कालिञ्चोक मन्दिर दर्शन गरेर फर्किएका बस दुर्घटना भएको छ । दुर्घटनामा परी १२ जनाको मृत्यु भएको छ भने १८ जना घाइते भएका छन् ।
आइतबार बिहान ८ः३० बजे सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका–७ स्थित छ किलोमा बा २ ख ४४६८ नम्बरको बस सडकबाट ५०० तल खसेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ ।
प्रहरीका अनुसार उक्त बस रिजर्भ गरेर कालिन्चोक मन्दिर दर्शन गरेर फर्किएको थियो । घटनाको थप विवरण आउन बाँकी छ ।






