राक्सिराङमा स्वास्थ्य इकाई भवन शिलान्यास

तामसालिङ खबर
२९ मंसिर २०७६, आईतवार १८:३०

मंसिर २९, हेटौडा (राक्सिराङ) – मकवानपुरको बिकट क्षेत्र राक्सिराङ गाउपलिका वडा नम्बर ४ स्थित राक्सिराङमा सामुदायिक स्वास्थ्य इकाईको भवन शिलान्यास गरिएको छ । निर्माणाधीन भवनको प्रतिनिधि सभा सदस्य बिरोध खतिवडाले शिलान्यास गर्नुभएको हो ।

स्वास्थ्य इकाई भवन निर्माणको लागि संसद बिरोध खतिवडाले संघिय विकास कोषको आर्थिक सहयोगमा दश लाख विनियोजित गरिएको छ । पिछडिएको क्षेत्रका जनतालाई प्राथमिक स्वास्थ्य उपचारको पँहुच सम्म पुर्याउने उद्येश्यका साथ स्वास्थ्य इकाईको भवन निर्माण गर्न आफु प्रतिबद्धताका साथ निरन्तर लागि रहने बताउनु भयो ।

स्वास्थ्य इकाईले बिगत ३ बर्ष देखि वडा कार्यालयबाट सेवा दिइरहेको छ, भने वडाका ४ हजार ५ सय भन्दा बढी स्थानीयबासीहरु सेवाबाट लाभान्वित भएको इकाईका अहेब गणेश मोक्तानले बताउनु भयो । स्वास्थ्य इकाईको भवन निर्माणको लागि वडा नम्बर ४ का समाजसेवीद्वय प्रताप सिं थिङ र धर्मराज थिङले ४ रोपनी जग्गा उपलब्ध गराएको थिए ।

शिलान्यास कार्यक्रममा नेकपा जिल्ला सचिवालय सदस्य तथा संबिधान सभा सदस्य राजाराम स्याङतान, बनस्तम थिङ, नेकपा राक्सिराङ गाउपालिका अध्यक्ष हस्त बहादुर मोक्तान, वडा नम्बर ३को वडाअध्यक्ष बाबुलाल स्याङतान, ४ नम्बर वडाअध्यक्ष संजय कोइराला लगायतको उपस्थित रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*