यसबर्षको एसईइ परीक्षा चैत्र ६ गते देखी शुरु हुने

तामसालिङ खबर
१ पुष २०७६, मंगलवार १२:०८

पुस १, काठमाण्डौ – यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) आगामी ६ चैतदेखि सुरु हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले मंगलबार एक सुचना जारी गर्दै परीक्षा समय तालिका सार्बजनिक गरेको हो । तालिका अनुसार चैत्र ६ गतेबाट चैत्र १७ गते सम्म परीक्षा सञ्चालन हुनेछ ।

यस वर्षको परिक्षामा नियमित तर्फ करिव चार लाख जना सहभागी हुने भएको छ । परीक्षा फारम भर्ने समय ९ पुस सम्म रहेकाले एक्जाम्टेड तर्फका विद्यार्थी सहित करिव पाँच लाख विद्यार्थी सहभागी हुने अनुमान रहेको वोर्डले जनाएको छ ।

परीक्षा समय बिहान ८ बजेदेखि ११ बजेसम्म तोकिएको छ । चैत्र ६ गते पहिलो दिन अनिवार्य अंग्रेजीको परीक्षा हुनेछ ।

परीक्षा तालिका –

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*