डिजेल र मट्टीतेलको मूल्य वृद्धि
पुस १, काठमाडौं – नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य बढाएको छ । निगमले मंगलबार मध्यराति देखि लागू हुने गरी डिजेल र मट्टितेलको खुद्रा मूल्यमा प्रतिलिटर १ रुपैयाँ बढाएको हो ।
यो सँगै काठमाडौं, सुर्खेत र दिपायलमा डिजेल र मट्टितेलको खुद्रा बिक्री मूल्य ९८ रुपैयाँ प्रतिलिटर कायम भएको छ, भने पोखरा र दाङमा ९७ रुपैयाँ ५० पैसा तथा तराईमा ९६ रुपैयाँ ५० पैसा कायम भएको निगमले जनाएको छ ।
अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको भाउ बढ्दा खरिद मूल्य बढेको र ‘पेट्रोलियम पदार्थको स्वचालित मूल्य प्रणाली कार्यान्वयन कार्यविधि, २०७१’ नेपालमा पनि मूल्य वृद्धि गरिएको निगमले जनाएको छ । पेट्रोल, हवाई इन्धन र एलपी ग्यासको मूल्य भने यथावत राखिएको छ ।






