युवकलाई अपहरण गर्ने ५ जना हेटौडामा प्रक्राउ

तामसालिङ खबर
३ पुष २०७६, बिहीबार ०८:३६

पुस ३, हेटौंडा – मकवानपुर प्रहरीले विशेष सुराकीका आधारमा एक युवकलाई अपहरण गर्ने ५ जना अपहरणकारीलाई प्रक्राउ गरेको छ । अपहरणमा परेको ८ घण्टा नबित्दै सकुशल उद्धार गरि अपहरणकारी समात्न सफल भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख मुकेशकुमार सिंहले बताए ।

प्रहरीले बुधबार बिहान साडे तीन बजे हेटौंडा-४ स्थित फरेष्ट्रि गेट अगाडी अम्लेखगंजबाट काठमाण्डौ जादै गरेको बा २ ज ५९५ नंबरको ट्याक्सीमा सवार रामेछाप दोरम्बा ५ बस्ने वर्ष २१ को नरेश थापा मगरलाई बा २ ज ५३५६ नंबरको ट्याक्सीमा आएका अपहरित ३ जनाको समुहले कुटपिट गरी हेटौंडा-९ लामसुरे स्थित सरस्वती लामाको घरमा बन्धक बनाई राखेको अवस्थामा सकुशल उद्धार गरेको प्रमुख सिंहले बताए । प्रहरीले बुधबार साँझ पत्रकार सम्मेलन गरि अपहरणमा परेका र अपहरणकारीलाई सार्वजानिक गर्दै घटनाबारे जानकारी दिइएको हो ।

अपहरणमा संलग्न भएको आरोपमा कैलाली धनगढी घर भई जिल्ला काठमाण्डौ ३ पुरानो बानेश्वर बस्ने आशिष सिजापती, कन्चनपुर श्रीपुर ६ बस्ने सुनिता धामी, धादिङ नेत्रवती ढुस्जु गाँउपालिका ६ बस्ने कृष्ण गुरुङ, सोहि गाउँपालिका ४ घर भई बा २ ज ५३५६ नम्बर ट्याक्सी चालक आशिक लामा रहेका छन्, भने थापामगरलाई अपहरण गरी बन्धक बनाई राख्ने घर धनि हेटौंडा ९ लामसुरे बस्ने सरस्वती तामाङ पक्राउ परेको जनाएको छ ।

अपहरण पश्चात उनीहरुले १० करोड फिरौती मागेको र दिन नसक्ने भनेपछि कुटपिट गरेको अपहरित नरेश थापामगरले बताए । पक्राउ परेकाहरु माथि थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यलय मकवानपुरले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*