प्रदेश नम्बर १ घेदुङको अध्यक्षमा रेखबहादुर तामाङ निर्बाचित, २१ सदस्यीय कार्यसमिति चयन
पुस ३, मोरङ – नेपाल तामाङ घेदुङ १ नम्बर प्रदेश कार्यसमितिको प्रथम अधिवेशन बुधबार मोरङको बिराट्चोकमा सम्पन्न भएको छ । प्रथम अधिबेशनबाट अध्यक्षमा रेखबहादुर तामाङ निर्बाचित भएका छन् ।
अध्यक्ष पदको लागि भएको निर्बाचनमा प्रत्यासी सन्तवीर तामाङ (५९ मत) लाई ३० मत अन्तरले पराजित गर्दै रेखबहादुर तामाङ (८९) निर्वाचित भएका छन् । दुइ दिनसम्म चलेको अधिवेशनले आगामी चार वर्षे कार्यकालका लागि २१ सदस्यीय नयाँ प्रदेश कार्यसमिति चयन गरेको छ ।
अधिबेशनले प्रदेश कार्यसमितिको उपाध्यक्षमा विपिन तामाङ(संखुवासभा) र लिलामाया पाख्रिन (भोजपुर), सचिवमा तिलक तामाङ (झापा), सह-सचिवमा रुपेन्द्र घिसिङ (पांचथर), कोषाध्यक्षमा जानुका पाख्रिन (सुनसरी) लाई सर्वसम्मत चयन गरेको छ ।
त्यस्तै, प्रादेशिक सदस्यहरुमा टिका बहादुर पाख्रिन (इलाम), दिना कुमारी घिसिङ (ताप्लेजुङ), एकराज तामाङ (ओखलढुङगा), हिमसरी तामाङ (सोलुखुम्बु), कृष्ण कुमार तामाङ (तेह्रथुम), लोक बहादुर थिङ (सुनसरी), निमा तामाङ (पांचथर), विजेन्द्र तामाङ (भोजपुर), धन बहादुर तामाङ (संखुवासभा), मदन कुमार डुम्जन (झापा), जस बहादुर तामाङ (झापा), गोविन्द योञ्जन (खोटाङ), अर्जुन घिसिङ (उदयपुर), तस्विर मोक्तान (उदयपुर), गंगाराम गोम्देंन (धनकुटा), गोकुलसिंह योञ्जन (धनकुटा) लाई सर्व-सम्मत चयन गरेको घेदुङको निवर्तमान प्रादेशिक सचिवालय सदस्य पदमबहादुर तामाङ( देबराज ग्याबक) ले जानकारी दिनुभयो ।

अधिबेशनमा प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राइको प्रमुख आतिथ्यतामा भएको उदघाटन कार्यक्रममा नेपाल तामाङ घेदुङको संघिय कार्यसमिति अध्यक्ष मोहन गोले तामाङ, वरिष्ट उपाध्यक्ष बेली लामा, सचिव रामकृष्ण ब्लोन, अन्तर्राष्ट्रिय तामाङ परिषदको बरिष्ठ उपाध्यक्ष टासी लामा, भाषा तथा साहित्य विभाग प्रमुख काजिमान थिङ, अन्तरास्ट्रिय तामाङ परिषदका निवर्तमान अध्यक्ष महेन्द्रजंग तामाङ, सुन्दरहरैचा न.पा.का मेयर थिवप्रसाद ढकाल, प्रदेश सांसद लोक प्रसाद संग्रौला र राजकुमार ओझा लगायतको आतिथ्यता रहेको थियो ।






