राजनीतिक प्रतिशोधको आधारमा गरिएको अधिबेशन प्रति कास्की बिद्यार्थी घेदुङको असन्तुष्टी (बिज्ञप्ती)

तामसालिङ खबर
३ पुष २०७६, बिहीबार २१:४७

पुस ३, पोखरा – नेपाल तामाङ बिद्यार्थी घेदुङको गण्डकी प्रदेश स्तरिय भेला तथा प्रथम अधिबेशन प्रति बिद्यार्थी घेदुङ कास्कीले असन्तुष्टी जनाएको छ । नेपाल तामाङ विद्यार्थी घेदुङ कास्कीले बिहिबार एक प्रेस बिज्ञप्ती जारी गर्दै, जिल्लाको आधिकारिक सस्थामा कुनै पनि परिपत्र, सूचना जानकारी बिना अधिबेशन गरेको प्रति असन्तुष्टि जनाएको हो ।

बिगत देखि निरन्तर रुपमा नेपाल तामाङ घेदुङको बिधि विधानमा रहेर तामाङ बिद्यार्थी घेदुङ कास्कीले तामाङ समुदायको निम्ति सकारात्मक जनचेतना फैलाउने अभियानमा निरन्तर लागिरहेको तामाङ बिधार्थिहरुको आत्मबलमा ठेस पुग्न सक्ने भएको हुँदा यस्तो संबेदनशील बिषयमा नेतृत्व पङ्ती सचेत रहन बिद्यार्थी घेदुङ कास्कीले आग्रह गरेको छ ।

कास्की जिल्ला भित्रको महानगर, गाउपालिकामा बिद्यार्थी घेदुङ आधिकारिक रुपमा संगठन विस्तार नभएकोले अधिबेशनमा आधिकारिक रुपमा कुनै प्रतिनिधिलाई सिफारिस नगरिएको, प्रेस बिज्ञप्तिमा उल्लेख छ ।

राजनीतिक प्रतिशोधको आधारमा कुनै दल बिशेष व्यक्तिहरुले आफ्नो अनुकुलको प्रतिनिधि मात्र ल्याई र बिद्यार्थी घेदुङ आधिकारिक रुमपा गठन नभएको ठाउबाट समेत प्रतिनिधि ल्याएको कास्की बिद्यार्थी घेदुङको अध्यक्ष रेशम स्याङ्बो तामाङ बताउनु भयो ।

बिज्ञप्ती हेर्नुहोस –

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*