आज युवा घेदुङ र साँस्कृतिक घेदुङ मकवानपुरको तेस्रो अधिबेशन
पुस ५ , हेटौडा – नेपाल तामाङ युवा घेदुङ र तामाङ साँस्कृतिक घेदुङ मकवानपुरको तेस्रो जिल्ला अधिवेशन आज शनिबार हेटौडाको क्लब हेटौडा पार्टी प्यालेसमा हुदै छ ।
युवा घेदुङको केन्द्रीय उपाध्यक्ष संगम लामाको प्रमुख आतिथ्यतामा अधिवेशन हुने युवा घेदुङ मकवानपुरका अध्यक्ष राजकुमार गोलेले बताउनु भयो ।
अधिवेशनबाट युवा घेदुङ र साँस्कृतिक घेदुङ मकवानपुरको आगामी कार्यकालका लागि नयाँ कार्यसमिति चयन हुने बताएको छ ।
त्यस्तै, युवा घेदुङको केन्द्रिय महाधिबेशन यही पुस २८ र २९ गते हुने भएको छ भने सास्कृतिक घेदुङको यही पुस १९ र २० गते काठमाण्डौ हुने भएको छ ।






