मकवानपुरको युवा घेदुङमा लोप्चन र साँस्कृति घेदुङमा गोले चयन

तामसालिङ खबर
५ पुष २०७६, शनिबार २२:४०

पुस ५, हेटौडा – नेपाल तामाङ घेदुङको भातृ संस्था युवा घेदुङ र साँस्कृति घेदुङ मकवानपुरको तेस्रो जिल्ला अधिबेशन शनिबार हेटौडामा सम्पन्न भएको छ । अधिबेशनले नेपाल तामाङ युवा घेदुङको अध्यक्षमा सुनिल लोप्चन तामाङ र साँस्कृति घेदुङको अध्यक्षमा शुक्रमान गोले (अजय) चयन भएका छन् ।

नेपाल तामाङ युवा घेदुङ मकवानपुरको अध्यक्ष सुनिल लोप्चनको नेतृत्वमा १७ सदस्यीय नया कार्यसमिति चयन भएका छन् । उपाध्यक्षमा बिष्णुहरी वाइबा, महिला उपाध्यक्षमा अनिता सिन्तान, सचिबमा सर्मिला मोक्तान, कोषाध्यक्षमा जिमी लामा, सह-सचिबमा सुबर्ण लामा, सदस्यहरुमा बिजय पाख्रिन, सुसन भोलन, ताराबहादुर योञ्जन, मिलन घलान, सोमबहादुर तामाङ, बसन्त थिङ, कपिलदेव बम्जन, इन्द्रबहादुर भोलन, राजकुमार तितुङ, बिधान रुम्बा, र बिबेक लामा चयन भएका छन् । त्यस्तै, युवा घेदुङको केन्द्रिय महाधिबेशनको लागि सबिन मोक्तान र रोशन गोले तामाङलाई छनोट गरिएको छ ।

नेपाल तामाङ युवा घेदुङ मकवानपुरको नबनिर्बाचित कार्यसमिति

साँस्कृति घेदुङमा गोले चयन
नेपाल तामाङ सास्कृतिक घेदुङ मकवानपुरको अध्यक्ष शुक्रमान गोले(अजय)को नेतृत्वमा १८ सदस्यीय नयाँ कार्यसमिति चयन गरिएको छ । उपाध्यक्षमा प्रकाश तितुङ, महिला उपाध्यक्षमा कमला भोलन, सचिबमा गौरीमाया लामा, कोषाध्यक्षमा सुमित्र थिङ, सह-सचिबमा राजेन्द्र घलान, सदस्यहरुमा माया घलान, सुन्दर लामा, हर्कबहादुर पाख्रिन, सुनालाल मोक्तान, कृष्णबहादुर भोलन, हिमाल लुङ्बा, हेमकुमार तितुङ, धिरेन लामा, केशर सिं मोक्तान, लालबहादुर मोक्तान, हरिबहादुर पाख्रिन, अमृत तामाङ लुङ्बा लगायत चयन भएका छन् । त्यस्तै, नेपाल तामाङ सास्कृतिक घेदुङको केन्द्रिय महाधिबेशनको लागि शुक्रमान गोले (अजय), आत्माराम मोक्तान र कमला भोलनलाई छनोट गरिएको छ ।

नेपाल तामाङ सस्कृति घेदुङ मकवानपुरको नबनिर्बाचित कार्यसमिति

नेपाल तामाङ साँस्कृति घेदुङका केन्द्रिय अध्यक्ष प्रेम लो तामाङ प्रमुख आतिथ्यतामा भएको अधिबेशनमा युवा घेदुङ मकवानपुरको अध्यक्ष राजकुमार गोलेको अध्यक्षतामा भएको हो । अधिबेशनलाई सम्बोधन गर्नुहुदै प्रमुख अतिथी लो तामाङले घेदुङको समग्र संगठन अब पहिचान ताम्सालीङ सुनिश्चितताका लागि एक ढिक्का भएर अघि बढ्नुपर्नेमा जोड दिएको छ । विगतमा विविध खालको लामो संघर्षबाट पिछडिएका समुदायले प्राप्त गरेका हक अधिकार समेत वर्तमान संघीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्य व्यवस्थामा अझ थप अधिकार स्थापित गराउनुपर्नेमा प्राप्त अधिकार समेत कटौति भइरहेको उनले बताए ।

भेलामा मिस तामाङ मकवानपुरको संयोजक माया घलान, मकवानपुर घेदुङको जिल्ला अध्यक्ष लिलाकुमार घलान, युवा घेदुङको केन्द्रिय उपाध्यक्ष संगम लामा, नेपाल तामाङ घेदुङको संघिय सदस्यद्वय सुनिल मोक्तान, जानकी लामा लगायतकाले मन्तब्य गर्नु भएका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*