अपडेट : बसको ठक्करबाट गम्भीर घाइते भएको बिद्यार्थीको मृत्यु

तामसालिङ खबर
७ पुष २०७६, सोमबार १२:११

पुस ७, काठमाडौं – काठमाडौंको चाबहिलमा बसको ठक्करबाट घाइते बिद्यार्थीको उपचारको क्रममा मृत्यु भएको छ । सोमबार बिहान बा ४ ख ५९२० नम्बरको बसले पैदल हिंडिरहेकी धुम्बाराही बस्ने गोरखाकी २२ वर्षीया सृष्टि पन्तलाई ठक्कर दिएको थियो ।

घाइते पन्तको चावहिलस्थित ओम अस्पतालमा उपचारको क्रममा निधन भएको महानगरीय प्रहरी वृत्त गौशालाले जानकारी दिएको छ ।

सहपाठीलाई ठक्कर दिएर बस भागेपछि आक्रोसित पशुपति क्याम्पसका विद्यार्थीले चावहिलमा बा ४ ख ७१०१ नम्बरको बस आगजनी र तोडफोड गरेको डीएसपी प्रदीपकुमार सिंहले जानकारी दिए । बसमा लागेको आगो दमकलको सहायताले निभाउने प्रयास भएपनि क्षति पुगेको छ।

घटनापछि चाबहिल, सुकेधारा र मित्रपार्क क्षेत्रमा विद्यार्थीहरुले सडकमा केही समय यातायात अवरुद्ध गरेर प्रदर्शन गरेका थिए । चालक र सहचालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*