नेपाली यू–१५ महिला फुटबल टिमको फराकिलो जित

तामसालिङ खबर
७ पुष २०७६, सोमबार १७:३६

पुस ७, काठमाडौं – नेपाली यू–१५ महिला फुटबल टिमले पहिलो मैत्रीपूर्ण खेलमा भुटानको यू–१५ टिमलाई पराजित गरेको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा सोमबार नेपालले भुटानलाई ६–१ गोल अन्तरले पराजित गरेको हो ।

नेपाललाई जित दिलाउन अमिशा कार्कीले ह्याट्रिक गरिन् । यस्तै कप्तान प्रिती राईले दुई र सुनकली राईले एक गोल गरिन् । भुटानकी कप्तान डिकी लाजोमले एक गोल फर्काईन् । अब नेपालले भुटानसँग बुधबार दोस्रो मैत्रीपूर्ण खेल खेल्नेछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*