विप्लब इन्चार्ज ज्वाला र पाख्रिनले स्वतन्त्र जीवनयापनको लागि पार्टी परित्याग

तामसालिङ खबर
७ पुष २०७६, सोमबार १८:३१

हेटौँडा, ७ पुस – प्रतिबन्धित विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी(नेकपा) को मकवानपुर इन्चार्ज विरबहादुर घलान ‘ज्वाला’ र मकवानपुर जनसरकार प्रमुख राजकुमार पाख्रिनले विप्लव नेतृत्वको पार्टी परित्याग गरेको घोषणा गरेका छन् ।

सोमबार हेटौँडामा पत्रकार सम्मेलन गर्दै ज्वाला र पाख्रिनले अबदेखि आफुहरु स्वतन्त्र रुपमा जीवनयापन गर्ने बताए । यसअघि आईतबार विज्ञप्ती जारी गर्दै पार्टी परित्याग गरेको जानकारी दिएका हुन् ।

पत्रकार सम्मेलनमा बोल्दै इन्चार्ज ज्वालाले स्वास्थ्यको कारणले तत्कालिन अवस्थामा कुनै पनि पार्टी प्रवेश नगर्ने, पहिला स्वास्थ्य उपचार गर्ने र स्वतन्त्र जीवनयापन गर्ने बताए ।

ज्वालाको अनुसार खुट्टाको नसा र आँखाको समस्या रहेको बताए । जीवनको उर्जाशिल समय राजनीतिमा विताएको कारण पुन: अन्य पार्टीमा सक्रिय हुनसक्ने बताए ।

त्यस्तै, विप्लव नेतृत्वको नेकपाका तत्कालिन जनसरकार प्रमुख समेत रहेका राजकुमार पाख्रीनले पनि आफु अबदेखि स्वतन्त्र ढंगबाट राजनीतिमा लाग्ने बताए ।

पत्रकार सम्मेलनमा ज्वाला, पाख्रिनसँगै प्रदेश ३ का सांसदद्वय कुमारी मोक्तान र ओमबहादुर घलान समेत उपस्थित थिए । नेकपाका सांसदद्वय मोक्तान र घलानको सहयोगमा नै ज्वाला हिरासतमुक्त भएको जनाइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*