क्यान्सर पीडित राजथलालाई तरुण दलको सहयोग
पुस ८, हेटौडा – रक्तक्यान्सर भएकी मकवानपुरे चेलीलाई नेपाल तरुण दल मकवानपुर क्षेत्र नम्बर – ३ ले नगद सहयोग उपलब्ध गराएको छ ।
नेपाल तरुण दल मकवानपुर क्षेत्र नम्बर –३ तथा प्रदेश ३ प्रमुख प्रतीपक्षी दल नेपाली कांग्रेसका संसदीय दलका नेता इन्द्रबहादुर बानियाँको आव्हानमा हेटौंडा घर भएर कीर्तिपुरमा बसोबास गर्दै आइरहेकी रक्तक्यान्सरकी विरामी दीपिका राजथलालाई नगद सहयोग गरिएको हो ।
कोरियामा रहेका नेपालीहरुबाट संकलन भएको ५९ हजार रुपैया तरुण दल केन्द्रीय कोषाध्यक्ष विद्वान गुरुङ तथा नेपाल तरुण दल मकवानपुर क्षेत्र नम्बर–३ सभापति सञ्जय श्रेष्ठले विरामी मास्केलाई रकम हस्तान्तरण गरेका थिए । थप सहयोगका लागि अझै पहल गर्ने र विरामीको उपचारमा कुनै कमी नगर्न केन्द्रीय कोषाध्यक्ष गुरुङले परिवारलाई आग्रह गरेका थिए ।






