आज क्रिसमस डे, हर्सोउल्लासका साथ मनाइँदै

तामसालिङ खबर
९ पुष २०७६, बुधबार ०८:३४

पुस ९, हेटौडा – आज जिसस क्राइस्ट (येशु)को जन्मोत्सव (क्रिसमस डे ) को उपलक्ष्यमा नेपाली इसाईहरूले पनि क्रिसमस डे भव्य रुपमा मनाउँदैछन् । ग्रेगोरियन पात्रो अनुुसार यो दिवस प्रत्येक वर्षको डिसेम्बर महिनाको २५ तारिखका दिन विश्वभरका क्रिश्चियन धर्मावलम्बीले मनाउँछन् ।

आजभन्दा २०१९ वर्षअघि इजरायलको वेथलेहममा पिता स्वर्गदूत र माता मरियमका गर्भबाट येशुको जन्म भएको राष्ट्रिय ख्रीष्टियन महासङ्घ, नेपालका अध्यक्ष सिबी गहतराजले जानकारी दिए । येशुको जन्मोत्सवको उपलक्ष्यमा क्रिश्चियन धर्मावलम्बीले प्रभु येशुले समस्त नेपालीको कल्याण गरून् भन्ने कामना सहित देशभरका चर्चमा प्रार्थना लगायत कार्यक्रम गर्ने जनाइएको छ ।

हाल नेपालमा १२ हजार ५०० चर्च र ३० लाख भन्दा बढी क्रिश्चियन धर्मावलम्बी रहेको उनले जनाए । हर्षोल्लासका साथ साताव्यापीरूपमा विश्वभर मनाइने क्रिसमसकोे अवसरमा महासङ्घले सम्पूर्ण नेपालीमा प्रेम, शान्ति, एकता, भाइचारा, सुख एवं समृद्धिका लागि प्रार्थना गरेको छ । साथै ग्रेगोरियन पात्रो अनुसारको नयाँ वर्ष सन् २०२० को उपलक्ष्यमा सबै नेपालीलाई शुभकामना व्यक्त गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*