संसारका विभिन्न भागबाट देखियो सूर्यग्रहण, तस्बिर हेर्नुहोस

तामसालिङ खबर
१० पुष २०७६, बिहीबार १२:२०

पुस १०, काठमाण्डौ – बिहीबार बिहान खण्डग्रास सूर्यग्रहण लागेको छ । नेपाली समयअनुसार बिहान ८ बजेर ४३ मिनेटदेखि सुरू भएको सूर्यग्रहण बिहान ११ बजेर ३३ मिनेटसम्म रहेको थियो।

ग्रहण नेपाल, भारत, श्रीलंकालगायत एसियाका सबै राष्ट्र तथा उत्तरपश्चिम अष्ट्रेलिया, पूर्वी अफ्रीका लगायत स्थानबाट देखिएको थियो। पृथ्वीका केही स्थानबाट रिङ अफ फायर समेत देखियो । रिङ अफ फायरमा पूरै चन्द्रमाले सूर्यलाई ढाक्ने तर त्यसको वरिपरिबाट प्रकाश देखिन्छ ।

रिङ अफ फायर साउदी अरबबाट सुरू भएर कतार, युएई, ओमान, दक्षिण भारत, उत्तरी श्रीलंका, बंगालको खाडी, मलेसिया, इण्डोनेसिया, सिंगापुर, उत्तरी मेरियाना द्वीप, फिलिपिन्स हुँदै प्रशान्त महासागरको गुआम टापुमा पुगेर अन्त्य भएको छ ।

तस्बिरहरु : सामाजिक संजालबाट

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*