अग्नीहोत्रा आश्रममा वैदिक नव वर्षको अबसरमा शुभकामना-आदनप्रदान

तामसालिङ खबर
११ पुष २०७६, शुक्रबार ०७:१५

पुस ११, हेटौडा (मनहरी) – हिन्दु शास्त्र अनुसार द्वापर युगको समाप्त भै कलियुग प्रारम्भ भएको ५ हजार ८४ वर्ष पुरा भई आज बाट कलि संवत ५ हजार ८५ शुरू भएको अबसरमा मनहरी गाउपालिकाको रजैयामा रहेको अग्नीहोत्रा आश्रममा शुभकामना आदनप्रदान कार्यक्रम भएको छ ।

कार्यक्रममा आश्रमका संरक्षक डा. शिताराम खनाल ज्युले वैदिक नव वर्षका बारेमा जानकारी गराउनु भएको थियो । उहाँले युगहरू मध्ये सबै भन्दा छोटोे कलियुग आफैको आयु ४ लाख ३२ हजार वर्ष रहेको भन्दै यस मध्ये अहिले सम्म जम्मा ५ हजार ८४ वर्ष बितेको बताउनु भयो ।

अब कलियुगको आयु ४ लाख २६ हजार ९ शय १६ वर्ष बाँकी रहेको प्रस्टयाउदै संरक्षक खनालले यो सकिँदा पनि प्रलय भएर संसार नाश भने नहुने बताउनु भयो । यसपछि वातावरण परिवर्तन भै सत्ययुग प्रारम्भ हुने भन्दै संरक्षक खनालले अन्तरिक्षमा अहिले सप्तऋषि मघा नक्षत्रमा रहेको बताउनु भयो ।

कार्यक्रममा मनहरी गाँउपालीकाका अध्यक्ष एकराज उप्रेती, समाजसेवी बिश्वकान्ति कलावती, नेपाल उधोग बाणिज्य महासंघका केन्द्रिय सदस्य अरुणराज सुमार्गी, नेपाली काग्रेश कमवानपुरका सल्लाहाकार माईकल रामचन्द्र अर्याल,जिल्ला सदस्य भिमसेन महत,नेपाल तरुणदल हेटौडा उपमहानगरपालीका नगर अध्यक्ष सुनिल गिरी,लाईन्सकर्मी समाजसेवी अंकीता सुमार्गी लगायत सहभागी रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*