हेटौडामा आजबाट सडक खाना महोत्सव
पुस ११, हेटौडा – होटल एसोसिएन मकवानपुरको आयोजनमा ‘सडकमै जाउँ, सडकमै खाउँ, सडकमै रमाउँ’ भन्ने मुल नाराका साथ हेटौंडामा आजबाट ‘सडक खाना महोत्सव’ हुने भएको छ ।
यस पटक देखि हेटौंडा उपमहानगरपालिका – ४ स्थित हुप्राचौरको पूर्व पट्टीको सडकमा हुने महोत्सवको तयारी पुरा भएको होटेल एसोसिएसन मकवानपुरका अध्यक्ष शंकरलाल श्रेष्ठले बताउनु भयो ।
अंग्रेजी नयाँ वर्ष २०२० को अवसर तथा पर्यटन वर्ष २०२० को प्रचारको लागि आजबाट आइतबार सम्म संचालन हुने महोत्सवमा ४३ वटा विभिन्न खानाका स्टलहरु रहेको आयोजकले जनाएको छ ।
सास्कृतिक कार्यक्रमहरु सहित रहेको महोत्सवको आज दिउँसो २ बजे उद्योग, पर्यटन, वन तथा वातावण मन्त्री अरुण नेपालले उदघाटन गर्नेछन् ।
त्यस्तै, सोही कार्यक्रममा हेटौंडाका धार्मिक तथा ऐतिहासिक स्थलहरुको बारेमा जानकारी गराउने उद्धेश्यले हेटौंडा सन्देशका केदार प्रसाद न्यौपानेले लेखेको ‘मकवानपुर पथ प्रदर्शक पुस्तिका’ को पनि विमोचन गरिनेछ ।






