मकवानपुरमा अफरोड साइक्लिङ च्याम्पियनसीप हुने

तामसालिङ खबर
११ पुष २०७६, शुक्रबार १८:५७

पुस ११, हेटौँडा – नेपाल भ्रमण वर्ष २०२० को पूर्व सन्ध्यामा मकवानपुरमा पुस १२ गते भोलि शनिबार अफरोड साइक्लिङ च्याम्पियनसीप हुने भएको छ । पहिलो पटक मकवानपुरमा हुन लागेको प्रतियोगितामा देशभरका ४० जना साईक्लिस्टहरु प्रतिस्पर्धामा सहभागी रहने हेटौंडा राइर्डस क्लबका अध्यक्ष विकास ताम्राकारले बताउनु भयो ।

हेटौंडा राइर्डस क्लबको आयोजनामा हुन लागेको च्याम्पियनसिपको तयारी पुरा भैसकेको क्लबका अध्यक्ष ताम्राकारले बताए । मकवानपुरगढी गाउपालिकाको वडा नम्बर २ मा रहेको आमभञ्ज्याङको डुम्रेकुनाबाट सुरु हुने प्रतियोगिता बाँसपानी हुदैं शिकरकटेरी वडा ३ को मक्रान्चुलीबाट हेटौँडा ५ पिप्ले हुँदै सडक खाना महोत्सवमा पुगेर समापन हुने आयोजकले जनाएको छ ।

प्रतियोगितामा प्रथम हुनेले ५० हजार रुपैयाँ, दोश्रोले ३० हजार र तेश्रोले २० हजार रुपैयाँ पुरस्कार पाउने छ । च्याम्पियनसिपमा सहभागिता मध्ये ४० वर्ष माथीको एक जना साइकललिस्ट लाई उत्कृष्ट घोषित गरि २० हजार बराबरको साईकल पुरस्कार समेत प्रदान गरिने आयोजकले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*