गण्डकी प्रदेशमा तमु ल्होछारको सार्वजनिक बिदा

तामसालिङ खबर
१२ पुष २०७६, शनिबार ०८:५८

पुस १२, कास्की – गण्डकी प्रदेश सरकारले तमु ल्होछार पर्वको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ । प्रदेश सरकारको बैठकले गुरुङ समुदायले मनाउँदै आएको ल्होछार पर्वको अवसरमा यही पुस १५ गते मंगलबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

प्रदेश सरकारका प्रवक्ता एवं भैतिक पूर्वधार विकास मन्त्रि रामशरण बस्नेतले एक सूचना जानकारी दिएका हुन् । तमु ल्होछारको अवसरमा गत वर्ष पनि प्रदेश सरकारले सार्वजनिक विदा दिएको थियो ।

सूचना हेर्नुहोस –

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*