पदमपोखरीको ठुलथलीमा ल्होछार साँस्कृतिक कार्यक्रम हुने
पुस १४, हेटौडा (पदमपोखरी) – २८५६ जीवा ल्हो/मुसा बर्ग सोनाम ल्होछारको अवसरमा हेटौँडा उपमहानगरपालिका वडा नम्बर १३ पदमपोखरी ठुलोथलीमा तेस्रो सोनम ल्होछार बृहत साँस्कृतिक कार्यक्रम हुने भएको छ । ठुलोथलीको गुम्बा डाँडामा हुने ल्होछार कार्यक्रम आगामी माघ १२ गते हुने बारे आइतबार हेटौंडामा पत्रकार सम्मेलन गरि जानकारी दिइएको थियो ।
ल्होछार आयोजक मुल समारोह समितिकी संयोजक संगिता बल वाईबाले तामाङ समुदायको कला संस्कृतिलाई जगेर्ना गर्ने र गुम्वाडाँडालाई पर्यटकीय स्थल बनाउनको लागि कार्यक्रम गर्न लागेको बताईन्, । विभिन्न उपसमितिहरु ग्ठन गरि कार्यक्रमको लागि तयारी गरिरहेको उनले बताईन् ।
प्रदेश ३ का मुख्यमन्त्री डोरमणी पौडेलले उदघाटन गर्ने कार्यक्रममा विशाल कल्तान तामाङ, जितु लोप्चन, प्रकाश लामा र स्थानीय कलाकार शुशिल थिङ, धिरेन लामा, महेन्द्र मोक्तान लगायतको कलाकारहरुको साँस्कृतिक प्रस्तुती हुने संयोजक वाईबाले बताइन् । कार्यक्रममा करिब ३ लाख रुपैँया खर्च हुने कार्यक्रममा ५० वटा खानाको स्टलहरु रहने आयोजकले जनाएको छ ।






