मनाङमा निरन्तर हिमपात, जनजीवन कस्टकर

तामसालिङ खबर
१९ पुष २०७६, शनिबार २०:२५

पुस १९, मनाङ – मुलुकभरि वर्षा र हिमाली जिल्लामा हिमपातले सताइरहेको अवस्थामा हिमाली जिल्ला मनाङमा १५ घण्टा सम्म निरन्तर हिमपात परेको छ । हिमपातका कारण सडक अवरुद्ध भएको छ भने खानेपानीको अभाव सिर्जना भएको छ । पहिलो पटकको हिउँ पग्लन नपाउँदै पुनः हिमपात पर्नाले कर्मचारी, सर्वसाधारण र पर्यटकले सास्ती झेल्नु परेको हो ।

बुधबार बेलुकीदेखि शुरु भएको हिमपात केही समय परेर रोकिए पनि बिहीबार बिहान ७ बजेदेखि पुनः शुरु भएको र बेलुकी १० बजे सम्म बाक्लो हिमपातले जनजीवन कष्टकार बनेको प्रमुख जिल्ला अधिकारी पुष्पराज पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार सडक अवरुद्ध भएको छ भने खाने पानीको समेत अभाव भएको छ ।

सडकभरि दुई/तीन फिट हिउँ जमेको छ, पानीको मुहान जमेको छ, बाहिर हिँडडुल गर्नसक्ने अवस्था छैन, उहाँले भन्नुभयो, “अत्यधिक चिसो छ, यहाँको तापक्रम माइनस १२ पुगेको छ हिटर र दाउरा बालेर बस्न बध्य भएका छौँ ।”

अहिले मनाङको सबै भागमा हिमपात भएको छ । जिल्लाकै सबैभन्दा तल्लो भाग नासो गाउँपालिका समेत प्रभावित भएको अध्यक्ष चन्द्र घलेले बताउनुभयो । हिमपातले खेतीपाती राम्रो हुने भए पनि पशुचौपय र मनाव जीवनलाई कष्टकर बनाएको छ । जिल्लाको तल्लो भाग ताचैगाउँ, नाँचैगाउँ, ओडारगाउँ र धारापानीमा समेत बाक्लो हिमपात परेको छ । रासस

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*