भुन्द्रुङटाँडीमा ल्होछार साँस्कृतिक कार्यक्रम हुने
पुस २०, हेटौंडा (मनहरी) – मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर २ मा २८५६ (जीवा ल्हो/ मुसा वर्ग) सोनाम ल्होछारको अवसरमा सास्कृतिक कार्यक्रममा हुने भएको छ ।
आउदो माघ १३ गते मनहरी गाउपालिकाको भुन्द्रुङटाँडीमा ल्होछारको अबसरमा सास्कृतिक कार्यक्रम हुन लागेको हो । सो कार्यक्रममा राष्ट्रिय तथा स्थनीय कलाकारहरुको प्रस्तुती सँगै नृत्य प्रतियोगिता पनि हुने बताएको छ ।






