बुढिचौरमा ल्होछारको अवसरमा सास्कृतिक कार्यक्रम हुने

तामसालिङ खबर
२० पुष २०७६, आईतवार ११:२८

पुस २०, हेटौंडा (मकवानपुर गढी) – मकवानपुरको मकवानपुरगढी गाउँपालिकाको बुढिचौरमा सोनाम ल्होछारको अवसरमा बृहत सास्कृतिक कार्यक्रम हुने भएको छ ।

२८५६ जीवा ल्हो/ मुसा बर्गको सोनाम ल्होछारको अबसरमा आउँदो माघ २५ गते मकवानपुरगढी वडा नम्बर ८ बुढिचौरमा ल्होछारको अवसरमा बृहत सास्कृतिक कार्यक्रम हुने व्यवस्थापन समितिका अध्यक्ष निष्कर्ष गोलेले बताउनु भयो ।

मकवानपुर गढी ८ का वडाअध्यक्ष कुमार घिसिङको सभाध्यक्षतामा बसेको बसेको बैठकले माघ २५ गते बृहत सास्कृतिक कार्यक्रम गर्ने निर्णय गरेको समितिका अध्यक्ष गोलेले बताए ।

राष्ट्रिय तथा स्थानिय कलाकारहरुको सास्कृतिक प्रस्तुति रहने कार्यक्रम भव्य रुपमा तयारी भईरहेको समितिले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*