नेकपा प्रदेश ३ को संसदीय दलको बैठक आज, राजधानी र नाममा सहमती ल्याउन प्रयास
पुस २०, हेटौडा – तिन नम्बर प्रदेशको स्थायी राजधानी हेटौंडा र नाम बागमती राख्ने नेकपा सचिवाल बैठकले गरेको निर्णयमा जुटाउँन नेकपा प्रदेश ३ संसदीय दलको बैठक आज पनि जारी रहने भएको छ ।
शुक्रबारबाट सुरु भएको बैठकमा बोल्ने नेताहरुले राजधानी तथा नामको विषय टुंग्याउँने अधिकार आफूहरुलाई भएपनि पार्टी केन्द्रले निर्णय गरिसकेकाले पार्टीको निर्देशनबाट बाहिर जान नसकिने बताएको जनाइएको छ ।
पार्टी केन्द्रले आफ्नो अधिकार खोसेको भएपनि कम्युनिष्ट नेता कार्यकर्ताले केन्द्रको निर्णय मान्नुपर्ने संस्कार भए बमोजिम पार्टीको निर्देशनमा सहमती गरिनुपर्नेमा बैठकमा बोल्ने सहभागीले जोड दिएको एक सांसदले जानकारी दिए ।
बैठकमा शुक्रबार १७ र शनिबार २३ जना प्रदेशसभा सदस्यहरुले आफ्नो धारणा व्यक्त गरेका छन् । ८० जना सदस्य रहेको बैठकमा बोल्न बाँकी सदस्यले आज आफ्नो धारणा राखेपछि निष्कर्षमा पुगिने बताइएको छ ।






