शेरा खानेपानीको अध्यक्षमा चन्द्रलाल तामाङ चयन
पुस २१, बिदुर – नुवाकोटको बिदुरमा शेरा खानेपानी तथा सरसफाइ उपभोक्त समितिको सातौ उपभोक्ता भेलाबाट चन्द्रलाल तामाङको नेतृत्वमा ७ सदस्यीय कार्यसमिती चयन भएको छ ।
समितिको उपाध्यक्षमा रामकृष्ण अधिकारी, कोषाध्यक्षमा बिरमाया तामाङ सचिवमा रबिन्द्र नेपाली, सह-सचिवमा सुनिल श्रेष्ठ, सदस्यहरु गुज्जेश्वोरी अधिकारी, यदुबहादुर बोगटि चयन भएको छ । समितिको पहिलो बैठकबाट थप सदस्यहरु मनोनित गर्ने बताइएको छ ।
समितिको निवर्तमान अध्यक्ष नन्दप्रसाद डोटेलको सभाध्यक्षतामा भएको कार्यक्रममा खानेपानीका पूर्वअध्यक्ष मीन बहादुर गुरुङ, गणेश वाइबा, सोम बहादुर तामाङ, पास्टर सेल्बोन तामाङ , पुर्व गाबिस अध्यक्ष सन्जय तामाङ, डोलबहादुर बोगटी, भिमबहादुर तामाङ, बिमला तामाङ लगायतले मन्तब्य ब्यक्त गरेका थिए ।







