प्रदेश ३ को नाम नेवा: तामसालिङ राख्न माग गर्दै प्रदेशसभा अगाडी प्रदर्शन (फोटो सहित)
पुस २३, हेटौडा – प्रदेश नम्बर ३ को नाम नेवा: ताम्सालिङ हुनु पर्ने भन्दै आज हेटौडामा प्रदर्शन गरेको छ । नेकपा सचिवालयले प्रदेश ३ को राजधानी हेटौँडा र नाम बाग्मती रहने निर्णय गरेपछि पहिचानबादी संघसस्थाहरुले पहिचानको आधारमा नेवाःताम्सालिङ हुनुपर्ने भन्दै चौतर्फी प्रदर्शन शुरु भएको छ ।

हेटौंडाको बुद्धचोकबाट भएको र्यालीमा बाग्मती प्रदेश चाहिदैन, पहिचान मेट्न पाइदैन भन्ने नाराका साथ बजार परिक्रमा गरि प्रदेशसभा भवन अगाडी पुगेको थियो । प्रदेशसभा भवन अगाडी दुइ घण्टा सम्म भएको प्रदर्शनमा नेवा: ताम्सालिङ समन्वय समिति, नेपाल तामाङ घेदुङ, लगायत मकवानपुरका नेपाल आदीवासी जनजाती महासंघ र जातीय संगठनहरु लगायतको सहभागितामा नेवाःताम्सालिङ घोषणा गर भन्दै नारा लगाएका थिए ।

प्रदर्शनमा दक्षिण कोरियाको लागि पुर्बराजदुत कमान सिं लामा, नेवा: दय दबुको प्रदेश ३ को संयोजक रमेश स्थापित, नेपाल आदिबासी जनजाती महासघ प्रदेशको अध्यक्ष काजिमान थिङ, संघिय समाजबादी मकवानपुरको अध्यक्ष शुभरत्न गोले लगायतले मन्तब्य ब्यक्त गरेका थिए ।
पहिचानको आधारमा नामकरण नभएसम्म प्रदेश सभा भवन अघि प्रदर्शन कार्यक्रम अब लगातार प्रदर्शनको कार्यक्रम गर्ने नेपाल आदिबासी जनजाती महासघ प्रदेश ३ को अध्यक्ष काजिमान थिङले बताउनु भयो ।











