विद्यार्थी घेदुङको संघीय अध्यक्षमा दिनेशकुमार लो, ६७ सदस्यीय संघीय कार्यसमिति चयन

तामसालिङ खबर
२४ पुष २०७६, बिहीबार १०:५९

पुस २४, काठमाण्डौ – नेपाल तामाङ विद्यार्थी घेदुङको सातौं संघीय सम्मेलन बुधबार काठमाण्डौमा सम्पन्न भएको छ ।

‘संघीय बहुभाषिक शिक्षा नीति र मातृभाषामा शिक्षा संवैधानिक अधिकार प्राप्ति हाम्रो अभियान, तामाङ समुदायको पहिचान र ताम्सालिङ प्रदेश नामाकरणको पक्षमा सातौं संघीय सम्मेलन’ भन्ने मुल नाराका साथ भएको सातौं संघीय सम्मेलन सम्मेलनले दिनेश कुमार लोको अध्यक्षतामा ६७ सदस्यीय संघीय कार्यसमिति चयन गरेको छ । समितिको वरिष्ठ उपाध्यक्षमा सुजन तामाङ, महिला उपाध्यक्षमा संगिता पाख्रिन, उपाध्यक्षहरुमा जुन बहादुर तामाङ, इन्द्र तामाङ र इश्वरी तामाङ चयन भएका छन् ।

त्यस्तै, महासचिवमा सुक सागर तामाङ सर्वसम्मत चयन भएका छन् । सचिवमा हैकम घिसिङ (प्रदेश नं १), जेन्जे तामाङ (प्रदेश नं २) विशाल थिङ (प्रदेश नं ३), अष्टमान तामाङ (उपत्यका), हेमेश तामाङ, सुनिता तामाङ, कुमार ब्लोन, कमला पाख्रिन, जगत तामाङ, सुजता तामाङ, क्षितिज तामाङ, अर्चना तामाङ चयन भएका छन् । कोषाध्यक्षमा पविना लामा र सह–कोषाध्यक्षमा चन्द्र ग्याबक तामाङ निर्विरोध चयन भएका हुन् ।

संघीय कार्यसमिति सदस्यहरुमा महेन्द्र तामाङ, अञ्जेस तामाङ, रोशन लामा, निमा गोले तामाङ, राजकुमारी तामाङ, रामकुमार तामाङ, मिथिला तामाङ (स्याङ्तान), मोहनबन्धु गोले तामाङ, अजय तामाङ, मिरा कुमारी तामाङ (मोक्तान), सीता तामाङ, सुवास लामा, छिरिङ लामा, भावना तामाङ, उर्मिला तामाङ, राममाया तामाङ, सोनाम लामा, जितेन्द्र थोकर, डेनो थिङ, सम्झना ब्लोन, नवाङ थोकर, सम्राट लामा, रमेश तामाङ, राजेन्द्र मोक्तान, इन्द्रजित तामाङ, कुमारी लामा (स्याङ्दान), मोहन तामाङ, मनिष तितुङ, सनम तामाङ (महिला), रेशम स्याङ्बो तामाङ, भुवन तामाङ, प्रेम तामाङ फुर्बे तामाङ र आइमान तामाङ लगायत रहेका छन् ।

प्रतिनिधि सभा सदस्य तथा पूर्व कानुनमन्त्री माननीय शेर बहादुर तामाङको प्रमुख आतिथ्यतामा भएको सम्मेलनमा नेपाल तामाङ घेदुङ वरिष्ठ उपाध्यक्ष बेली लामा, नेपाल तामाङ घेदुङ महासचिव बाबु घिसिङ, अन्तर्राष्ट्रिय तामाङ परिषद्, वरिष्ट उपाध्यक्ष टासी लामा, नेपाल तामाङ घेदुङ पूर्व महासचिव तथा अन्तर्राष्ट्रिय तामाङ परिषद् उपाध्यक्ष कुमार ब्लोन, अनेरास्ववियुका नेता शैलेश लामा लगायतको विशेष आतिथ्यता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*