प्रदेश ३ को राजधानी हेटौडा र नाम बाग्मती तोक्न आज ह्वीप लाग्ने

तामसालिङ खबर
२५ पुष २०७६, शुक्रबार ०७:४१

पुस २५, हेटौँडा – तिन नम्बर प्रदेशको राजधानी हेटौँडालाई तोक्नको लागि आज ह्वीप जारी गर्ने भएको छ । नेकपा केन्द्रीय सचिवालयको निर्णय कार्यन्वयन गराउन प्रदेश संसदीय दलको बैठकबाट आज सांसदलाई ह्वीप लगाउने भएको हो । असन्तुष्ट सांसदहरुले ‘फ्लोर क्रस’ गर्ने चेतावनी दिएपछि ह्वीप लगाउने तयारी भएको मुख्यमन्त्री निकट स्रोतले जनाएको छ ।

संसदीय दलको बैठक आज ११ बजे बोलाइएको र त्यही बैठकले सर्वसम्मत निर्णय गर्ने मुख्य सचेतक रामेश्वर फुयाँलले बताए । उनले नेकपा मात्र नभई विपक्षी कांग्रेस, राप्रपा, विवेकशील लगायतका दलसँग पनि छलफल गरेर सर्वसम्मतले नाम र राजधानी तोकिने बताए ।

नेकपाले ह्विप लगाउने भएपछि कोहि सांसदहरुले पनि अन्य स्थानमा मतदान गर्ने संभावना नरहेको नेकपाको एकजना सांसदको भनाई छ । यसअघि हेटौँडाको विरोधमा अभिब्यक्ति दिदै आएका एक सांसदले भने अब पार्टीको निर्देशन बाहिर जान सकिन्न, हेटौँडा राजधानी पक्का भयो ।

बिहीबारको बैठकमा प्रदेश मन्त्रीहरु अरुण नेपाल,शालिकराम जमरकट्टेल, युवराज दुलालले पनि पार्टी केन्द्रको निर्णयप्रति आफूहरुलाई पनि मन नपरेको तर निर्णय मान्नुको विकल्प पनि नरहेको बताएका थिए । पार्टी निर्णयको बारेमा अर्थमन्त्री कैलाश ढुंगेल भने बोलेका छैनन् । पूर्वमाओवादीका सांसद राजधानी भन्दा पनि नाममा असहमत रहेको एक संसदले भने ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*