तामाङ घेदुङ प्रदेश ३ को प्रादेशिक अधिवेशन आज हेटौडामा हुदै

तामसालिङ खबर
२५ पुष २०७६, शुक्रबार ०८:५४

पुस २५, हेटौडा – प्रदेश नम्बर तिनको मुकाम हेटौडामा नेपाल तामाङ घेदुङ प्रदेश ३ को प्रथम प्रादेशिक अधिवेशन आज हुदै छ । आज र भोलि दुइदिन सम्म हुने अधिबेशनमा सहभागी हुन प्रदेश ३ का १३ वटा जिल्लाका प्रतिनिधि तथा पर्यबेक्षक हेटौडा आइपुगिसकेका छन् ।

अधिवेशनको उदघाटन प्रदेश ३ का उपसभामुख राधिका तामाङबाट हुने तिन नम्बर प्रदेश घेदुङको अध्यक्ष सोम्बले तामाङले बताउनु भयो । ‘नेवा: ताम्सालीङ प्रदेश स्थापना राष्ट्रको पहिचान, तामाङ भाषालाई सरकारी कामकाजी भाषा बनाउने हाम्रो अभियान’ भन्ने मुल नाराका साथ हुने अधिबेशनमा आज बृहत जनप्रदर्शन सहित र्याली गरि बजार परिक्रममा गर्ने आयोजकले जनाएको छ ।

र्याली हेटौडाको वडा नम्बर १० मा रहेको टिसिएन चौरमा जम्मा भै बजार परिक्रममा अधिबेशन स्थल रोयल पार्टी प्यालेसमा आइपुग्ने बताइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*