तिन नम्बर प्रदेशको नाम बागमती घोषणा

तामसालिङ खबर
२७ पुष २०७६, आईतवार १४:१३

पुस २७, हेटौंडा – तिन नम्बर प्रदेशको नाम बागमती घोषणा भएको छ । प्रदेश ३ का सभामुख सानुकुमार श्रेष्ठले आईतबार बसेको दोस्रो प्रदेशसभा बैठकमा प्रदेश ३ को नाम बागमती घोषणा गरेका हुन् ।

प्रदेश ३ को नामको लागि एक मात्र नाम बागमती प्रस्ताव गरिएको थियो । आईतबार प्रदेश ३ को नाम बागमती राख्ने काङ्ग्रेस संसदीय दलका नेता इन्द्रबहादुर बानियाँको प्रस्तावमा मतदान हुदा १०८ प्रदेश सदस्यले प्रदेशको नाम बागमती राख्ने पक्षमा मतदान गरेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*