बकैयामा रुद्र पाख्रिनको सम्झना
पुस २८, हेटौडा – सहिद रुद्र पाख्रिनको १७ औँ स्मृति दिवसको अवसरमा नेकपा बकैया गाउँपालिकामा स्मृतिसभा भएको छ । १७ वर्ष अघि तत्काली शाहि नेपाली सेनाद्वारा साविकको छतिवन गाविस वडा नंबर ६ गरगरेमा हत्या गरिएका तत्कालिन नेकपा माओवादी मकवानपुरका प्रमुख पाख्रिनको स्मृतिमा सभा भएको हो ।
पाख्रिनको हत्या भएकै स्थलमा निर्माण भएको स्मृति पार्कमा भएको स्मृति सभामा बोल्दै नेकपा मकवानपुरका सचिवालय सदस्य लक्ष्मी पाख्रिनले शहीदको सपना पूरा गर्नु नै शहीदप्रतिको सच्चा सम्मान भएको बताइन् । नेकपा बकैया गाउँपालिका अध्यक्ष नारायण तिमल्सिनाको सभाध्यक्षतामा कार्यक्रम भएको हो ।
कार्यक्रममा नेकपा सचिवालय सदस्यहरु लक्ष्मी माझी, जिवन गोले, पार्टीका जिल्ला सदस्य लोकनाथ गौतम, प्रेम डिम्डुङ, गाउँ कमिटी सचिव भक्त बहादुर खत्री लगायत सहभागी थिए ।






