युवा घेदुङको राष्ट्रिय सम्मेलनबाट मकवानपुरको मोक्तान प्रशिक्षण बिभाग प्रमुख र गोले संघीय सदस्यमा चयन
पुस २९, हेटौडा – नेपाल तामाङ युवा घेदुङकाे छैठाैं राष्ट्रिय सम्मेलनबाट मकवानपुर दुइ प्रतिनिधि चयन भएका छन् ।
सोमबार काठमाण्डौमा भएको राष्ट्रिय सम्मेलनबाट प्रशिक्षण बिभाग प्रमुखमा मकवानपुरका सबिन मोक्तान चयन भएका छन् । त्यस्तै संघीय सदस्यमा रोशन गोले तामाङ समेत चयन भएका छन् ।
प्रशिक्षण बिभाग प्रमुखमा नबनिर्बाचित मोक्तान नेपाल तामाङ घेदुङ हेटौडा १० वडा कमिटी र भुटनदेबी युवा क्लबको अध्यक्ष समेत हुनु हुन्छ । त्यस्तै संघीय सदस्यमा निर्बाचित गोले गोले बंश तामाङ उत्थान समाज मकवानपुरको सचिब समेत रहेको छ ।






