मकवानपुरको दुई स्थानमा एकीकृत बस्ती निर्माण हुने

तामसालिङ खबर
१ माघ २०७६, बुधबार १४:००

माघ १, हेटौंडा – मकवानपुरका दुई स्थानमा एकीकृत वस्ती निर्माण गरिने भएको छ । जिल्ला आयोजना इकाई भवन कार्यालयले राष्ट्रिय पुर्ननिर्माण प्राधिकरण मार्फत एकीकृत वस्ती निर्माण गर्न लागेको हो ।

राक्सिराङ गाउँपालिका–५ का सकुम्बासी लाभग्राही र कैलाश गाउँपालिका-१० म्याङसेदुङ स्थित जोखिम बस्तीका १० जना लाभग्राहीलाई एकीकृत वस्ती निर्माण गरिने जनाइएको छ । राक्सिराङका १० घर लाभग्राहीलाई मनहरी गाउँपालिका-५ जोगितालमा चार रोपनी जग्गा खरिद गरेर घर निर्माण गर्न लागेको हो ।

कैलाश गाउँपालिका-१० म्याङसेदुङस्थित जोखिम बस्तीका १० जना लाभग्राहीलाई वरमटारमा स्थानान्तरण गर्न लागेको हो । वरमटारमा ५ रोपनी जग्गा १० लाखमा खरिद गरिएको छ । लाभग्राहीले ३ लाख रुपैयाँको अनुदान रकमले भवन पुनर्निर्माण गर्ने तयारीमा जुटेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*