बागमती प्रदेशमा सोनाम ल्होछारको सार्बजनिक बिदा

तामसालिङ खबर
३ माघ २०७६, शुक्रबार १७:२६

माघ ३, हेटौडा – तामाङ समुदायको सास्कृतिक पर्ब २८५६ जीवा ल्हो/मुसा वर्ग सोनाम ल्होछारको अवसरमा बागमती प्रदेशले माघ १० गते सार्वजनिक बिदा दिएको छ । प्रदेशको प्रमुख चाड पर्ब भएको भन्दै बिदा दिएको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जनाएको छ ।

ल्होछार माघ ११ गते परेपनि १० गते नै बिदा दिएको हो । बागमती प्रदेशको मन्त्रिपरिषद बैठकले सार्वजनिक बिदा दिने निर्णय गरेको जनाइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*