सहिद दिवसको सप्ताहब्यापी कार्यक्रममा सहभागी हुन राष्ट्रपति भण्डारी हेटौंडा आउनुहुने

तामसालिङ खबर
५ माघ २०७६, आईतवार ०९:०७

माघ ५, हेटौंडा – राष्ट्रपति विद्यादेवी भण्डारी बागमती प्रदेशको राजधानी हेटौडामा हुने दुईवटा कार्यक्रम सहभागी हुनका लागि हेटौंडा आउनुहुने भएको छ । आगामी माघ १४ गते हेटौंडाको सहिद स्मारक र मकवानपुर गढीमा हुने कार्यक्रमका लागि भण्डारी हेटौंडा आउनु लाग्नुभएको हो ।

बागमती प्रदेश सरकार र सहिद स्मारक विकास समिति हेटौंडाले माघ १० देखि १६ गते सम्म मनाउन लागेको सहिद सप्ताहको कार्यक्रममा सहभागी हुन राष्ट्रपति भण्डारी हेटौंडा आउन लाग्नुभएको हो । सप्ताहव्यापी रुपमा मनाउने कार्यक्रममा राष्ट्रपति भण्डारीले १४ गते हेटौंडाको सहिद स्मारकमा निर्माण सम्पन्न प्रजातान्त्रिक पार्क र सहिद स्मारकको रजत स्तम्भ अनावरण गर्नुका साथै मकवानपुरगढीमा झन्डोत्तलन र सेतो हात्तिको मुर्ति अनावरण गर्ने कार्यक्रम रहेको छ ।

सहिद स्मारक विकास समितीका अध्यक्ष समेत रहनुभएका बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेश सरकारले सहिद सप्ताह भव्य रुपमा मनाउने तयारी गरेको बताउनुभएको छ ।

सप्ताहव्यापी कार्यक्रम अनुसार स्मारक विकास समितिले स्लो म्याराथुन, सहिदको बलीदानी र हाम्रो भुमिका विषयक कलेज स्तरीय वक्तित्वकला प्रतियोगिता, विभिन्न साहित्यकि कार्यक्रम, राष्ट्रियस्तरका कलाकालको सांस्कृतिक कार्यक्रम, स्थानीय जातजातीको मौलीकता झल्कने सांस्कृतिक कार्यक्रम, १० देखि १६ सम्म हरेक दिन सहिदलाई सम्मानलगायतका कार्यक्रम आयोजना गर्ने तयारी गरिएको स्मारक विकास समितिले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*