क्याम्पाडाँडामा तेस्रोलिंगी भुजेलको शव फेला
माघ ४, हेटौडा – मकवानपुरको कान्तिलोकपथ अन्तर्गत हेटौँडा–५ क्याम्पाडाँडामा शनिबार विहान एक तेस्रो लिंगीको शव फेला परेको थियो । लैंगिक अल्पसंख्यकको अधिकारका लागि समेत काम गर्दै आएकी हेटौँडा–११ की २९ बर्षीया अजिता भुजेलको शव भेटिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
अनुसन्धान भइरहेकोले हत्या होकी आत्महत्या हो अहिल्यै नै भन्न नमिल्ने प्रहरी प्रमुख सुशिलसिं राठौरले बताए । हेटौंडाबाट क्याम्पाडाँडा हुदैं चौघडा जाने सडकमा भुजेलको शव भेटिएको हो । शरिरको माथिल्लो भागमा मात्रै कपडा रहेको अवस्थामा रहेको शवको घाँटीमा तार बेरिएको देखिएको प्रमुख राठौंरले बताए ।
शवको प्रकृति हेर्दा उनको हत्या भएको हुनसक्ने बताइएपनि प्रहरीले घटनाको अनुसन्धान भइरहेको भन्दै तत्काल केही भन्न नमिल्ने बताईएको छ ।






