आत्महत्या दुरुत्साहन मुद्दामा सञ्चारकर्मीद्वय लामिछाने र कँडेललाई सफाई
माघ ५, चितवन – सञ्चारकर्मीद्वय रवि लामिछाने र युवराज कँडेललाई जिल्ला अदालत चितवनले सफाई दिएको छ । जिल्ला अदालत चितवनमा आइतबार भएको बहस सकिएपछि फैसला सुनाउँदै जिल्ला अदालतका न्यायाधीश हेमन्त रावलको इजलासले लामिछाने र कँडेललाई सफाई दिएको हो ।
अदालतको फैसला सुनाउँदै न्यायाधीश रावलले शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा दुरुत्साहन गरेको भन्नेबारेमा कुनै संलग्नता नदेखिएको भन्दै सञ्चारकर्मीद्धय लामिछाने र कँडेललाई सफाई दिएको हो । गत साउन ३१ गते लामिछाने र कँडेललाई न्यूज ट्वान्टी फोर टेलिभिजनकै परिसरबाट पुडासैनी आत्महत्या प्रकरणमा दुरुत्साहन गरेको आरोपमा पक्राउ गरिएको थियो ।
यस अघि जिल्ला अदालत चितवनले लामिछानेलाई ५ लाख रुपैयाँ र कँडेललाई ३ लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश दिएको थियो ।






