रोशी गाउपालिकामा तीन दिन ल्होछारको सार्वजनिक विदा
माघ ६, काभ्रे – तामाङ समुदायको सास्कृतिक पर्ब सोनाम ल्होछारका अवसरमा रोशी गाउँपालिकाले यही माघ १०, ११ र १२ गते सार्वजनिक विदा दिने निर्णय गरेको छ । संविधानतः सबै धर्म समुदायको समान अधिकार अनुरुप सबै पर्वमा सार्वजनिक विदा दिँदै आएको गाउँपालिका अध्यक्ष दलबहादुर लामाले बताए ।
सबै पर्वलाई उल्लासमय बनाउन राष्ट्रिय एवम् स्थानीय सबै पर्वमा सम्मानजनक ढङ्गले गाउँपालिकामा सार्वजनिक विदा दिने गरिएको छ”, उनले भने । ल्होछारका अवसरमा गाउँपालिकाको विभिन्न स्थानमा विभिन्न साङ्गीतिक कार्यक्रमको आयोजना गरिने बताए । गत बर्ष देखि रोशी गाउपलिकाले ३ दिन सम्म बिदा दिदै आएको छ ।
यसअघि, यही माघ १ गते रितिरिवाज, चाडपर्व तथा संस्कृतिको जगेर्ना गर्ने जनाउँदै माघे सङ्क्रान्ति (माघी पर्व)का अवसरमा पाँचखाल र मण्डनदेउपुर नगरपालिका तथा महाभारत र रोशी गाउँपालिकाले सार्वजनिक सूचना मार्फत सार्वजनिक विदा दिएका थिए ।






