मउवा संघ पश्चिमी क्षेत्र सभापति रिजालको निधन
माघ ६, हेटौँडा (मनहरी) – मकवानपुर उद्योग वाणिज्य संघ पश्चिम क्षेत्र समिति मनहरीका सभापति गोविन्द रिजालको निधन भएको छ । क्यान्सरबाट ग्रसित रिजालको गएराती निधन भएको पारिवारिक श्रोतले जनाएको छ । फोक्सो क्यान्सरबाट उनको आईतबार राती भरतपुरमा निधन भएको हो ।
पश्चिम मकवानपुरको तत्कालिन कालिकाटार गाविसको पुर्व प्रधानपञ्च समेत रहेका उनी विभिन्न सामजिक संघसस्थामा क्रियाशिल रहेका थिए । सबैको सहयोगी रिजालको निधनले उद्योग ब्यवसाय तथा सामजिक क्षेत्रमा अपुरणीय क्षति पुगेको नेपाल उद्योग वाणिज्य महासंघका सदस्य राजकुमार न्यौपानेले बताए ।






