अनेरास्ववियू मकवानपुरको संयोजकमा घिसिङ र सह-संयोजकमा पाख्रिन
माघ ६ हेटौँडा – नेपाल कम्युनिष्ट पार्टी(नेकपा) निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यर्थी यूनियन मकवानपुरको संयोजकमा किसन घिसिङ र सह-संयोजकमा आकाश पाख्रिन चयन भएका छन् ।
अनेरास्ववियु मकवानपुरका पुर्व संयोजक समेत रहेका घिसिङ तत्कालिन एमालेबाट र तत्कालिन माओवादी केन्द्रको अनेरास्ववियु क्रान्तिकारीबाट पाख्रिन सह-संयोजकको जिम्मेवारी प्राप्त गरेका छन् ।






