मकवानपुरको थाहामा ८ भारतीय अचेत अवस्थामा फेला, हेलिकप्टरबाट काठमाडौं लगियो
माघ ७, हेटौंडा (थाहा नगर) – मकवानपुरको उत्तरीक्षेत्रस्थित पर्यटकीय नगरीको रुपमा परिचित थाहा नगरपालिकामा आठजना भारतीय पर्यटक अचेत अवस्थामा भेटिएका छन् । थाहानगरपालिका–४ स्थित सिमभञ्ज्याङस्थित होटल एभरेष्ट पानोरमा होटलमा सोमबार रात बिताएका आठजना पर्यटक अचेत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।
१५ जनाको समूह दामान पालुङ घुम्न आएको र एउटा कोठामा सातजना अर्कोमा आठजनाले रात बिताएका थिए। राती सुत्ने समयमा जाडो अत्याधिक भएपछि हिटर बालेर सुतेको र बिहान बिहोस अवस्था भेटिएको प्रहरीले जनाइएको छ ।
उनीहरुको उपचारका लागि हेलिकप्टर मार्फत काठमाडौं पठाइएको स्थानीयले जनाएका छन् । चिसोबाट बच्न बालेको ग्यास हिटरबाट उनीहरु निसासिएर बेहोस भएकोहुनसक्ने प्रारम्भिक अनुमान छ ।






