अजिता भुजेलको हत्या आरोपमा ५ जना पक्राउ

तामसालिङ खबर
८ माघ २०७६, बुधबार १४:४३

माघ ८, हेटौंडा – जिल्ला प्रहरी कार्यालय मकवानपुरले क्याम्पाडाँडामा मृत फेला परेकी अजिता भुजेलको हत्यामा सम्लग्न भएको आरोपमा हेटौंडाबाट ५ जनालाई पक्राउ गरेको छ । प्रहरी प्रवक्ता तथा प्रहरी निरीक्षक ललनप्रसाद कुर्मीले हत्यामा सम्लग्न भएको आशंकामा केही युवालाई पक्राउ गरेको बताए ।

अहिले घटनाको अनुसन्धान भइरहेकाले नाम गोप्य राखिएको उनले बताए । अनुसन्धान सकिएपछि घटनामा सम्लग्न भएको पुष्टि भएमा सार्वजनिक गर्ने कुर्मीले बताए । भुजेलको गत शनिवार हेटौंडा–५ क्याम्पाडाँडामा अर्धनग्न अवस्थामा शव फेला परेको थियो । प्रहरीले मोबाइल कल डिटेल, सिसिटिभी फुटेजलगायतका अन्य अनुसन्धानको आधारमा ५ जनालाई पक्राउ गरेको हो ।

प्रहरीले पक्राउ गरेका मध्ये २ जना हेटौंडा–११ थानाभर्याङस्थित एक होटलमा काम गर्ने युवाहरु रहेको बुझिएको छ । भुजेलको शव क्याम्पाडाँडामा भेटिए पनि उनले चढ्दै आएको ना ५३ प २७३४ को स्कुटर थानाभर्याङमा भेटिएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*