ल्होछारको अबसरमा बुद्धचोकमा दिप प्रज्वलन

तामसालिङ खबर
११ माघ २०७६, शनिबार ०७:३२

माघ ११, हेटौडा – तामाङ समुदायको सास्कृतिक पर्ब सोनम ल्होछारको अबसरमा हेटौडाको बुद्ध चोकमा शुक्रबार साझ दिपावली गरेको छ । हरेक वर्ष माघ शुक्ल प्रतिपदा अर्थात ख्रेला छेपा गिकका दिन मनाइने ल्होछारको पूर्व सन्ध्यामा शुक्रबार फाग ल्हो (बदेल बर्ग) लाई बिदाइ गरि जीवा ल्हो (मुसा) बर्गलाई स्वागतार्थ नेपाल तामाङ सस्कृति घेदुङ आयोजनमा लामा गुरुद्वारा पुजापाठ गरि ल्हो सेलाउने तथा दीपप्रज्वलन गरेको हो ।

कार्यक्रममा नेपाल तामाङ बागमती प्रदेशको अध्यक्ष लिलाकुमार घलान, मकवानपुर घेदुङको कार्यबाहक अध्यक्ष कालु घलान, आदिबासी जनजाती महासघको पूर्व अध्यक्ष बुद्ध लामा, सल्लाहकार शुभरत्न गोले, युवा घेदुङको संघिय प्रशिक्षण बिभाग प्रमुख सबिन मोक्तान, जिग्तेन शिवा छेथर लिङ गुम्बाको अध्यक्ष डोल्मा स्याङ्बो, लगायत लामा गुरु, विभिन्न संघ सस्थाका व्यक्तिहरु सहभागी रहेको थियो । कार्यक्रम सास्कृतिक घेदुङको जिल्ला अध्यक्ष शुक्रमान गोलेको अध्यक्षतामा भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*