हेटौडाको सुर्यान्समा प्रत्येक शुक्रबार गजल साँझ हुने

तामसालिङ खबर
१६ फाल्गुन २०७६, शुक्रबार १२:१५

फागुन १६ हेटौँडा – हेटौडाको पहिलो रुफटप रेष्टुरेन्ट सहित सन्चालनमा आएको सुर्यान्स होटलले प्रत्येक शुक्रबार गजल आयोजना गर्ने भएको छ । शुक्रबारलाई रमाईलो बनाउँदै हेटौँडा र बाहिरबाट आउने पर्यटकका लागि रेष्टुरेन्टले रुफटपमा गजल सन्चालन गर्न लागेको होटल ब्यबस्थापन पक्षले जनाएका छन् ।

होटलको सातौँ तल्लामा सन्चालनमा रहेको रेष्टुरेन्टमा गजल सुन्दै हेटौँडाको दृश्यालोकन गर्न सकिने छ । साढे २ करोडको लगानी थप गर्दै नयाँ शैलिबाट सन्चालनमा आएको होटल नयाँ संवाद दिनको लागि रुफटप रेष्टुरेन्ट सन्चालनमा ल्याएको म्यानेजर नकुल गिरीले बाताए ।

६० जनाको सिट क्षमताको रुफटपमा गजलको मज्जा लिनका लागि टेवल पहिले नै बुक गर्ने व्यवस्था रहेको छ । साँझ ६ बजेदेखि ९ बजे सम्म गजल प्रस्तुत रहने बताईएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*